Pages

Saturday, June 15, 2013

दलित बस्तीमा सम्बन्ध कायम राख्न आग्रह


साताअघि यहाँको दलित बस्तीमा भएको आक्रमणको घटनापछि बिग्रिएको सम्बन्ध कायम राख्न उपल्लो जातिका मानिसले आग्रह गरेका छन् । उनीहरूले कमीकमजोरी दुवै पक्षबाट भएको भन्दै एकै गाउँमा मिलेर बस्नुपर्ने धारणा अघि सारेका छन् । गत शुक्रबार साँध रौतहट पिपरिया दोस्तिया उक्त आक्रमणमा १४ जना दलित घाइते भएका थिए । अधिकांशको घर तोडफोड गर्दै धारा भाँचेको दलित रामनारायण रामले बताए । घटनापछि दुई दिनसम्म पानीको आपूर्ति बन्द भएको थियो । पछि खानेपानीले धारा सहयोग गरेको छ । दलित नेता नाथुराम परियारले उपल्लो जातिका मानिसले सद्भाव कायम राख्न भने पनि आफूहरूसँग कुरा नगरेको बताए । उक्त घटनामा संलग्नलाई कारबाही गर्न प्रहरी प्रशासनले ढिलासुस्ती गरेको भन्दै दलित संघर्ष समितिले जिल्ला प्रशासन घेराउ गर्ने बतायो । रौतहटका प्रहरी प्रमुख एसपी गोविन्दराम परियारले घटनामा संलग्नहरू फरार रहेकाले व्यापक खोजतलास भइरहेको बताए ।
८ भिङडावर गाउँको दलित बस्तीमा भएको आक्रमणको घटनापछि बिग्रिएको सम्बन्ध कायम राख्न कथित उपल्लो जातिका मानिसले आग्रह गरेका हुन् । ुहामी सम्बन्ध पहिलेकै जस्तै होस् भन्न चाहन्छौं,ु उक्त क्षेत्रका कांग्रेस नेता हरदेव यादवले भने, ुकमीकमजोरी दुवै पक्षको भएको छ । अब दुवै समुदाय मिलेर बस्नुपर्छ ।ु घटनाको दिन गाउँमा नभए पनि संलग्न भन्दै प्रहरीमा आफूविरुद्ध पनि जाहेरी दिएकोमा दुःख व्यक्त गरेका छन् । 

No comments:

Post a Comment