Pages

Friday, August 21, 2015

देश र जनताका लागि सहादत दिनेहरुको लागि नै ५० लाख


श्यामसुन्दर यादव
राजविराज, भदौ ४ गते । संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले शहीदको सम्मान गर्नु राज्यको दायित्व हो भन्दै देश र जनताका लागि सहादत दिनेहरुको लागि नै ५० लाख रुपैयाँ दिनु पनि कुनै ठूलो कुरा नभएको बताएका छन् ।
शुक्रवार विहान राजविराजमा मधेशी पत्रकार संघ सप्तरी शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘पन्ध्र वर्ष अघि सरकारले लोकतान्त्रिक आन्दोलनमा सहादत प्राप्त व्यक्तिलाई दश लाख दिने घोषणा गरेको हो’ उनले भने ‘अहिले पचास लाख दिए पनि त्यसलाई त्यति ठूलो भन्न सकिन्न ।’
‘संविधानसभाबाट मधेशी मोर्चाको एक घटकले संविधानसभाबाट राजिनामा दिईसकेको छ नि ?’ छेउमै बसेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोतर्फ शंकेत गर्दै सोधिएको प्रश्नमा यादवले भने ‘राजिनामा दिनु नदिनु कसैको स्वेच्छाको कुरा हुन सक्छ, मोर्चामा त्यस्तो निर्णय भएको छैन ।’ नेता यादवले आफ्नो पार्टी सदन र सडक दुवैबाट अधिकारप्राप्तिको आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको दावी समेत गरे ।
सोही पत्रकार सम्मेलनमा सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले विगतका आन्दोलन र परिवर्तनको कुरालाई नजरअन्दाज गरी गणितीय अहंकारमा प्रतिगामी संविधान बनाउने षडयन्त्र भएकाले आन्दोलन बाध्यात्मक रहेको जिकिर गरे । उनले भने ‘ठूला चार दलको अहंकारले वर्षौंदेखिको जनचाहना र आन्दोलनको उपलब्धि गुम्ने खतरा आएको छ, हामी समान बिचार राख्ने अन्य शक्तिसँग समेत मिलेर आन्दोलनलाई निर्णायक बनाउनेतर्फ लागेका हौं ।’
विगतका सहमति र सम्झौता पालना गरी अन्तरिम संविधानको भावना अनुरुप संविधान बनाइए वार्ताको पनि आवश्यकता नरहने उनको भनाइ छ । पत्रकार सम्मेलनमा तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, मधेशी पत्रकार संघका केन्द्रिय अध्यक्ष पंकज दास समेत उपस्थित थिए ।

Sunday, June 29, 2014

फेसबकुमा मधेसीमाथि विभेद भएको गुनासो

१० असार, काठमाडौं । ‘फेसबुकमा पहाडे समुदायले जस्तोसुकै कमेन्ट गर्दा पनि पक्राउ नपर्ने, तर मधेसीलाई चाँहि समान्य कुरो लेख्दा पनि पक्राऊ गर्ने ?’ मंगलबार नयाँ बानेश्वरको मसला कटेजमा आयोजित कार्यक्रममा मधेसी समुदायका विश्लेषक, पत्रकार एवं नेताहरुले गुनासो गरे-’अब्दुल रहमान र राजु साहको ठाउँमा कुनै पहाडे समुदायको व्यक्तिले फेसबुकमा कमेन्ट लखेको भए उसलाई पक्राउ गरिने थिएन ।’

राज्यले मधेशीप्रति पञ्चायतको झल्को दिने व्यवहार देखाएको आरोप

काठमाडौ असार १० –मधेशका बुद्धिजिवि, लेखक तथा पत्रकारले फेसबुकमा कमेन्टस गरेकै आधारमा बाराका राजु साह र सप्तरीका अब्दुल रहमानलाई मधेशी भएकै कारण राज्यले पक्राउ गरेको आरोप लगाएका छन् । यदि त्यो ठाउँमा कुनै पहाडि भएको भए नेपाल प्रहरीले पक्राउ गर्न हिम्मत नै गर्दैन थिए पनि टिप्पणी गरे । मंगलवार मधेशी पत्रकार संघले आयोजना गरेको ‘नेपालमा सोसल मिडिया प्रयोगको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले सो दावी गरेका हुन् ।

Saturday, September 7, 2013

मधेशवादी दलहरुको बीचमा तालमेलको सम्भावना टर्दै


मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) वरिष्ठ उपाध्यक्ष रामेश्वरराय यादव मधेशवादी दलहरुको बीचमा चुनावी तालमेल गर्ने कसरत भइरहँदा पनि नेताहरुकै रवैयाकारण त्यो सम्भवना टर्दै गएको बताउनु भएको छ ।
मधेशवादी दलहरुको बीचमा चुनावी तालमेलका लागि वार्ता गर्न पार्टीको तर्फबाट वार्ता संयोजकसमेत रहनु भएका उपाध्यक्ष यादवले नेताहरुमा त्यागको भावना कम देखिएको कारण प्रयास असफल हुँदै गएको दावी गर्नुभयो । कसैले त्याग गर्न मान्दैन सबैलाई सबैथोक चाहिन्छ अनि कसरी हुन्छ सहमति, उहाँले प्रश्न गर्दै भन्नुभयो–‘मधेशमा सबै दल बराबर छैन तर हिस्सा बराबरको चाहिन्छ बिडम्बना यही हो ।’
मधेशी पत्रकार संघले शनिवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेता यादवले तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) सँग पटक पटक वार्ता भएपनि नतिजा हालसम्म निष्कन नसकेको बताउनुभयो । यद्यपी हाम्रो प्रयास जारी छ, हामी चुनावका लािग भएपनि तालमेल गरेर चुनावमा जान्छौ, उहाँले भन्नुभयो–‘चुनावमा तालमेल गरेर नगए, अघिल्लो सविधानसभा चुनावभन्दा यसपालीको चुनावमा मधेशवादी दलको ‘ग्राफ’ तल झर्ने संभावना त्यतिकै रहेको छ ।’
तमलोपाले एकीकरण तथा मोर्चाका लागि शुरु गरेको अभियान असफल भएपछि पछिल्लोसमय मधेशवादी दलहरुको बीचमा चुनावी तालमेल गर्ने अभिायन सञ्चालन गरेको छ । त्यसैक्रममा तमलोपाले फोरम लोकतान्त्रिकसँग चुनावमा तालमेल गर्ने भन्दै एकचरण वार्ता गरी सैद्धान्तिक सहमति गरिसकेका छन् भने दोस्रो चरणको छलफलमा सीटमा कुराकानी नमिलेको स्रोतको दावी छ ।

उपाध्यक्ष यादवले पहिलो चरणमा तमलोपा र आफ्नो दलको बीचमा टुगों लागेपछि मात्र अन्य दलसँग कुरा गर्ने बताउँनु भयो । यी दुई दलको बीचमा शुक्रवार वार्ता भएको थियो । उहाँले दुई दलको बीचमा मात्र तालमेल गरेर हुँदैन त्यसमा राजेन्द्र महतो अध्यक्ष रहेका सद्भावना पार्टी र उपेन्द्र यादव अध्यक्ष रहेको मधेशी जनअधिकार फोरम नेपाल पनि सहभागि हुनुपर्नेमा आफ्नो जोड रहेको बताउनुभयो । यसका लागि अध्यक्षद्धय ठाकुर र गच्छदार सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग कुरा गर्ने समयतालिका तय गरेपनि हालसम्म वार्ता हुन सकेको छैन ।
स्रोतका अनुसार सद्भावना पार्टी र फोरम नेपाल तमलोपासँग तालमेल गर्ने पक्षमा छैन । यदि तमलोपा र फोरम लोकतान्त्रिकबीच सहमति भयो भने मात्र राजेन्द्र महतो र उपेन्द्र यादवबीच तालमेल हुनेछ ।
सद्भावना पार्टीका केन्द्रीय सदस्य योगेन्द्रराय यादवले मधेशमा चार (सद्भावना पार्टी, फोरम नेपाल, तमलोपा र फोरम लोकतान्त्रिक) दलको बीचमा सहमति भए मात्र मधेशको चुनाव प्रभावकारी हुने बताउनुभयो ।
एकदुईटा दल मिलेर तालमेल गरे त्यसले मधेशमा खासै असर नपमार्ने बताउँदै उहाँले चारैजना पार्टी अध्यक्षको बीचमा कुराकानी भए मात्र सहमति संम्भवन हुन्छ कसैलाई बाहिर राखेर उसको बारेमा कुरा गरेर मात्र सहमति नहुने ठाकुवा गर्नुभया । तमलोपा र फोरम लोकतान्त्रिकले सहमति गरेर मात्र आफ्नो दलसँग कुरा गर्यो भने त्यो मान्य नहुने धारणा उहाँले राख्नुभयो । उहाँले ती दुई दलले आपसमा सबै सीट बाँडफाँड गरेर बाँकी रहेका सीटमा मात्र आफ्नो दलसँग तालमेल गर्न खोज्यो भने त्यो स्विकार नहुने बताउनुभयो । 

Friday, September 6, 2013

मधेशी पत्रकार संघले ६ महिनाभित्रमा गरेका मुख्य गतिविधि


औपचारिक रुपमा संस्था दर्ता भएको चार पाँच महिनाको अवधिमा यो संघले उल्लेखनीय कार्यहरु गरेका छन् । हुन त संगठन निर्माणको गृहकार्य विगत डेढवर्षेखिको हो । यो संघले हालसम्म गरेका महत्वपर्ूण्ा कार्यहरु ।   
·जुन १० तारिखमा मधेशवादी दलहरुको बीचमा देखिएको असमझदारीलाई कम गराउनका लागि एकता र एकीकरणका लागि सहजकर्ताको भूमिका लागि बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो ।
·रमेश महतो स्मृति युवा पत्रकारीता पुरस्कार -राशी ११ हजार १ रुपियाँ), गजेन्द्रनारायण स्मृति वरिष्ठ पत्रकारीता पुरस्कार -राशी ११ हजार १ रुपियाँ) को स्थापना गर्यो ।
·मधेशवादी दलमा युवाको भूमिकाको बारेमा जुन ३० तारिखका दिन अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो ।
·जुलाई ११ तारेखको दिन मधेशवादी दलमा महिलाहरुको भूमिका र त्यसको चुनौतिको बारेमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो ।
·राजधानीलगायत मधेशका पत्रकारहरुको पेशागत अवस्था तथा अधिकारलगायतको बारेमा मधेशका वरिष्ठ पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो ।
·जुलाई ३ तारेखका दिन संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरुसँग मधेशको पत्रकारीता र त्यहाँको आर्थिक, राजनीतिक, समाजिक अवस्थाको बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियौ ।
·मधेशबाट पत्रकारीता अध्ययन गर्ने एकजना विद्यार्थीका ब्याचलरमा पढ्नका लागि प्रत्येक वर्षप्रदान गरिने छात्रवृतिको स्थापना गरियौं ।
·अगस्त १३ तारिखका दिन मधेशका युवा नेता नागरिक समाजको बीचमा आसन्न सविधानसभा चुनावको बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरायौं ।

·अगस्त २९ तारेखका दिन श्रीलंकाको राजनीतिक अवस्था र त्यसको नेपालमा प्रभावको बारेमा यूएनडिपीमा कार्यरत श्रीलंकाका रोहनसँग विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्यौं । सो कार्यक्रममा मधेशका वरिष्ठ पत्रकार, नागरिक समाज तथा मधेशवादी दलरुहको सहभागिता रहेको थियो ।  
·सरकारी सञ्चारमाध्यमा मधेशी पत्रकारमाथि देखिएका विभेदको बारेमा ध्यानाकर्षा गराउन मधेशवादी दलका नेता उपेन्द्र यादव, विजयकुमार गच्छदार, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरत्सिह भण्डारी, महन्थ ठाकुरलगायतलाई छुट्टा छुट्टै ज्ञापनपत्र बुझायौं ।
·गोरखापत्र र रेडियो नेपाल, नेपाल टीभीमा मधेशी पत्रकार तथा कर्मचारीमाथि हुने गरेको विभेदको बारेमा सञ्चारमन्त्रीलाई ज्ञापनपत्र बुझायौ ।
·प्रेस काउन्सीलले पत्रपत्रिकाको वर्गिकरणमा मधेशीमाथि गरेको विभेदको विरोधमा ध्यानाकर्षा विज्ञप्ति, सर्वोच्च अदालतले पत्रकारलाई परिसरमा प्रवेश निषेध गरेको विरोधमा ध्यानाकर्षा विज्ञप्तिलगायत विभिन्न इशुमा संघले विज्ञप्ति जारी गरी सम्बन्धित पक्षलाई ध्यानाकर्षा गराएको छ ।
·दलितको क्षेत्रमा काम गर्ने समता फाउण्डेशन र जागर मिडिया सेन्टरसँग छुट्टा छुट्टै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियौ ।

·मधेशको अधिकारका लागि क्रियाशिल संस्था थर्ड एयरलाइन्स तथा नेपाल मधेश फाउण्डेशनसँग छुट्टा छुट्टै छलफल तथा अन्तरक्रिया गरियौं ।
·मधेशवादी दलमा देखिएको चुनावी तालमेलको पहलबारे सद्भावना पार्टर्ीी उपाध्यष संजय साह तथा राष्ट्रिय मधेश समाजवादी पार्टर्ीी अध्यक्ष शरत्सिह भण्डारीसँग छलफल ।
.नेपाल पत्रकार महासंघमा मधेशको तर्फाट रहनु भएका राजेश मिश्र र धर्मेन्द्र कर्ण्र्ााग महासंघमा मधेशी पत्रकारको अवस्था र त्यसको रणनीतिबारे छलफल ।


Tuesday, August 20, 2013

पत्रकारमाथि प्रहरीको दुरव्यवहार

 
file photo
राष्ट्रिय समाचार समितिका बाँके संवाददाता पत्रकार महमुद आलम खानमाथि आज साँझ ८.३० बजे सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक -डिएसपी) राजु शाहले दर्ुर्व्यवहार गरेका छन् । पत्रकार खान आफ्नो दैनिक काम सकेर नेपालगन्जको फुलटेक्रास्थित आफ्नो घर फर्किनेक्रममा सोही स्थानमा रक्सीले मातिएका डिएसपी शाहले पत्रकार खानमाथि अश्लिल गालीगलौज र अपशब्द प्रयोग गरेका थिए । पत्रकार खानसँग सँगै रहेका दैनिक नेपालगन्जसँग आबद्ध पत्रकार विनय दीक्षितमाथि पनि शाहले अश्लिल गालीगलौज र अपशब्द प्रयोग गरेको पीडित पत्रकारहरुले बताएका छन् । रक्सीले मातिएका डिएसपी शाहलाई वडा प्रहरी कार्यालय नेपालगन्जमा राखिएको छ । वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक राम केसीका अनुसार सशस्त्र प्रहरी विन्दबासिनी गण चन्द्रौटामा कार्यरत डिएसपी शाह नेपालगन्ज रामनगर निवासी हुन् । रक्सी सेवन गरेर उनले चलाएको बा १ ब ६६४१ नम्बर प्लेटको सरकारी मोटरसाइकल पनि ट्याक्टरमा ठोक्किएपछि ट्याक्टर चालकलाई धाकधम्की दिई भाग्न खोजेका थिए । स्थानीय जनताको समूहले शाहलाई नियन्त्रणमा लिई नगर प्रहरीको जिम्मा लगाएका थिए ।

Monday, August 19, 2013

करोडपति पत्रकार कसरी भए भिखारी ?


यदी तपाइँ भारत मुम्बइस्थित वरसोभाको जेपी सडकमा पैदल यात्रा गर्नु भयो भने देख्न सक्नुहुन्छ; सडकको दुबै छेउ माग्नेहरुले हात फैलाइरहेका हुन्छन् जीवन गुजाराको लागि । 
 
शारिरीक अंगभंग भएका, सन्तानको माया नपाएकाहरुको छानो विहीन आश्रय हो त्यो सडक । स–साना बालबालिकादेखि बृद्धबृद्धासम्म त्यहाँ विभिन्न उपायको सहराले विन्तीभाउ बिसाइरहेका हुन्छन्, एक मुठी प्राण धान्न । 
 
जेपी सडक गुरुद्वारको सचखन्द दरबार जोड्ने पवित्र सहर हो । तर त्यो पवित्र सडक हुँदै धर्मकर्मको लागि धार्मिक दरबार धाउनेहरुले सडकछेउका असहायहरुलाई लत्याउँदै हिँडिरहेका हुन्छन् ।
 
त्यही दरबार बाहिर बस्छिन् एउटी बृद्ध महिला । उनको साथी भन्नु एउटा कुकुर छ । १२ वर्ष भयो त्यो कुकुर उनको साथी भएको जसलाई उनी शशि भन्छिन् । 
 
त्यो सडक उनको आश्रयस्थल बनेको धेरै भएको छैन, मात्र दुई महिना । त्यस अगाडि उनी एउटा सम्पन्नशाली जीवन बिताउँथिन् । 
 
नाम उनको नैक । वर्ष ६५ । पाँच वटा भाषा सहजै बोल्न सक्ने । पुने विश्वविद्यालयबाट ग्राजुयट मेरिट । पत्रिकाको सम्पादक सम्म भएकी । 
 
तर किन उनी त्यहाँ बसिन् ? महल छाडेर सडकको फोहोर, नधोइएका लुगाको साथ कसरी अटुट बनेर रहिरह्यो कसरी ? 
.....
 
बाबुआमा सानै छँदा खसे । साथी भाइहरुले मन थमाए  । हौसला प्रेरणा दिए । त्यही प्रेरणाकै साथमा उनले पढ्ने हिम्मत गरिन् र ग्राजुयट  गरिन् पुने विश्वविद्यालयबाट । 
 
अध्ययनको लयमा रहेकी नैक मराठी म्यागेजिन ‘गृहलक्ष्मी’को सम्पादक भइन् । पछि पत्रिका बन्द भयो, सँगै उनको आम्दानी पनि । 
 
जागिरे जीवनको ताका उनी सम्पन्न थिइन् । ३५ वर्ष अगाडि उनले दुई अपार्टमेन्ट किनिन्, महँगा । रकममै भन्ने हो भने करोडौँको सम्पत्ति थियो । 
 
पुनेमा उनको पैतृक ठूलो बंगला छँदै थियो । कहिल्यै सार्वजनिक गाडी चढिनन् । आफ्नै दुई कार फेरि फेरि चढिन् । 
 
सन् १९८४ मा उनले पुनेको बंगला बेचिन् । पछि कार पनि राखिनन् । घर र कार बेचेको झण्डै एक करोड बैङकमा राखिन् । 
 
बस्ने अर्को अपार्टमेन्टको लागि पैसा झिक्न बैङक जाँदा खाता रित्तो । कहाँ पुग्यो थाहा भएन । वरसोभामा सस्तो फ्ल्याट पनि मिलेन । गन्तव्य सडक नै बन्यो । 
 
गुरुद्वारका दयालु र सहयोगी भावना हुनेहरुले पण्डालको व्यवस्था गरिदिए । अहिले उनीहरु नै दुई मुठी खानेकुरा दिन्छन् । 
 
.....
 
बैङकको रकम कसरी हरायो भन्ने बारे नैकलाई जानकारी छैन । तर शका भने छ । पहिले उनीसँगै काम गर्ने कमल रैकार थिए । रैकारलाई उनको बैङक खाता नम्बरबारे केही जानकारी थियो । 
 
रैकारले नै उनको १५ वर्षसम्म सहयोगीको रुपमा काम गरेका थिए । अहिले उनी कहाँ छन् भन्ने थाहा छैन । भएको एउटा मात्र मोबाइलमा रैकारको नम्बर थियो, पानीमा डुबेर बिग्रीएपछि फोन गर्ने उपाय समेत पनि मेटियो । 
 
अहिले उनलाई सहयोग गर्छु भन्ने आउने पनि छन् । जागिर दिन्छु भन्नेहरु पनि छन् । तर उनलाई त्यसमा रुची छैन । उनी आफ्ना पुराना सम्पन्नशाली दिनहरु फेरि सुरुवात गर्न चाहन्नन् जसले उनलाई यतिबिघ्न पीडा दियो ।