पत्रकारमाथि प्रहरीको दुरव्यवहार
 |
| file photo |
राष्ट्रिय
समाचार समितिका बाँके संवाददाता पत्रकार महमुद आलम खानमाथि आज साँझ ८.३०
बजे सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक -डिएसपी) राजु शाहले
दर्ुर्व्यवहार गरेका छन् । पत्रकार खान आफ्नो दैनिक काम सकेर नेपालगन्जको
फुलटेक्रास्थित आफ्नो घर फर्किनेक्रममा सोही स्थानमा रक्सीले मातिएका
डिएसपी शाहले पत्रकार खानमाथि अश्लिल गालीगलौज र अपशब्द प्रयोग गरेका थिए ।
पत्रकार खानसँग सँगै रहेका दैनिक नेपालगन्जसँग आबद्ध पत्रकार विनय
दीक्षितमाथि पनि शाहले अश्लिल गालीगलौज र अपशब्द प्रयोग गरेको पीडित
पत्रकारहरुले बताएका छन् । रक्सीले मातिएका डिएसपी शाहलाई वडा प्रहरी
कार्यालय नेपालगन्जमा राखिएको छ । वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक
राम केसीका अनुसार सशस्त्र प्रहरी विन्दबासिनी गण चन्द्रौटामा कार्यरत
डिएसपी शाह नेपालगन्ज रामनगर निवासी हुन् । रक्सी सेवन गरेर उनले चलाएको बा
१ ब ६६४१ नम्बर प्लेटको सरकारी मोटरसाइकल पनि ट्याक्टरमा ठोक्किएपछि
ट्याक्टर चालकलाई धाकधम्की दिई भाग्न खोजेका थिए । स्थानीय जनताको समूहले
शाहलाई नियन्त्रणमा लिई नगर प्रहरीको जिम्मा लगाएका थिए ।
No comments:
Post a Comment