Pages

Thursday, July 11, 2013

अनुहार हेरेर मधेसीवादी दलबीच एकीकरण हुँदैन : उपेन्द्र

upendra-yadavमधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विचार र सिद्धान्त नमिलेको कारण आफ्नो पार्टी र तराई मधेश लोकतान्त्रिक पाटीबीच एकीकरण हुन नसकेको बताउनु भएको छ ।
आफू पनि मधेसवादी दलहरुको बीचमा एकीकरण हुनुपर्छ भन्ने पक्षमा रहेको तर अनुहार हेरेर मात्र एकीकरण नहुने उहाँले बताउनु भयो । मधेशी पत्रकार संघले बिहीबार फोरम नेपालकै कार्यालयमा गरेको अन्तरक्रिया कार्यक्रममा यादवले भन्नुभयो-’मधेसवादी दलका नेताहरुमा जुन रवैया देखिएको छ त्यसले एकता होला जस्तो लाग्दैन । एकीकरणका लागि विचार र सिद्धान्तमा स्पष्ट हुनुपर्छ ।’ यद्यपि यादवले पार्टी एकीकरण नभएपनि चुनावी मोर्चाको सम्भावना रहेको बताउनु भयो ।
सरकारले आफूलाई सविधानसभा निर्वाचन विरोधीको रुपमा देखाउने प्रयास गरेको भन्दै फोरम अध्यक्ष यादवले आफूहरु चुनाव विरोधी नभइ सार्थक चुनावको पक्षमा रहेको बताउनुभयो । मोहन वैद्यसँग कुनै प्रकारको मोर्चाबन्दी नरहेको स्पष्ट पार्दै उहाँले मोहन वैद्य चुनाव नै हुनुहुँदैन भनिरहेका छन् भने आफूहरुले चुनाव हुनुपर्छ तर सार्थक चुनाव हुनुपर्छ भने पक्षमा रहेको प्रतिकृया दिनुभयो ।
यादवले विना तयारी चुनाव गराए त्यसको परिणाम राम्रो नहुने चेतावनी दिनुभयो । ‘आउने सविधानसभाबाट कस्तो सविधान बनाउने कुराको तय अहिले नै हुनुपर्छ र विवादित विषयहरुको अहिले नै टुगों लगाउनुपर्छ’ उहाँले भन्नुभयो-’सविधान निर्माणका लागि देखिएका विवादको समाधान अहिले नै नगरिकन सविधानसभाको चुनाव गराइयो भने पुनः सविधान निर्माण नहुँदै सविधानसभा विघटन हुन्छ ।’
पत्रकारले राखेको एक जिज्ञासामा पूर्व परराष्ट्रमन्त्री समेत रहेका यादवले नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री सलमान खुर्सीदसँग आफूले मर्यादाक्रम अनुसार नै भेटेको तर, पूर्व प्रधानमन्त्रीले मर्यादाक्रम विपरित भेटेको प्रतिकृया दिनुभयो । भेटका क्रममा मधेसी प त्रकार संघले ११ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।

No comments:

Post a Comment