झन्डै तीन महिनादेखि संयुक्त
लोकतान्त्रिक मधेसी मोर्चाको बैठक बस्न नसकिरहेका बेला शनिबार तराई मधेस
लोकतान्त्रिक पार्टी -तमलोपा) ले तितरबितर भएका दलहरूलाई एक ठाउँ ल्याउन
औपचारिक पहल थालेको छ ।
तमलोपा अध्यक्ष महन्थ ठाकुरले संविधानसभा विघटनपछि तराई मधेसमा एक्लाएक्लै प्रस्तुत भइरहेका दलहरूलाई एउटै दल, मोर्चा वा गठबन्धन बनाएर चुनावमा सहभागी गराउन औपचारिक आह्वान गरे ।
'संविधानसभा विघटनपछि टुटेको सहयात्रा फेरि जोडियोस् भन्न चाहन्छु,' चुनावी मोर्चाको संकेत गर्दै ठाकुरले मधेसी नेताहरूसमक्ष भने, 'एउटै मुद्दा बोकेका दलहरू सँगसँगै हुँदा फाइदा हुने देखेको छु ।' संविधानसभाका बेला मधेसी दलहरूबीच हुने भेटघाट र सहयात्राले मधेसका मुद्दालाई बलियो ढंगले उठान गर्न सकिएको भन्दै ठाकुरले आगामी दिनमा पनि ती मुद्दाको किनारा लगाउन सहकार्य र सहयात्राको जरुरत भएको बताए । उनले विगतदेखि नै मधेसवादी दलहरू एउटै पार्टी बनाएर एउटै चुनाव चिह्नमा चुनावमा सहभागी हुनुपर्नेमा जोड दिँदै आएका छन् ।
मोर्चामा आबद्ध भएका/नभएका गरी २३ दललाई आमन्त्रण गरिए पनि डिल्लीबजार अमृतभोगमा शनिबार अपराह्न आयोजित चियापानमा १३ दलका नेता सहभागी थिए । तर, मोर्चामा रहेको मधेसी जनअधिकार फोरम -लोकतान्त्रिक), राजेन्द्र महतो नेतृत्वको सद्भावना, तमलोपा नेपाल र अलग्गै मोर्चाको नेतृत्व गरेका उपेन्द्र यादव र तिनका प्रतिनिधि छलफलमा सहभागी थिएनन् । मोर्चामा रहेको फोरम गणतान्त्रिकबाट प्रतिनिधिका रूपमा महासचिव अकबाल अहमद शाह सहभागी थिए । तमलोपाका भने सबैजसो नेताहरू सहभागी थिए ।
तराई मधेस राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताले मोर्चामा रहेका नेताहरूलाई 'कन्भिन्स' गरी चुनावी मोर्चाको नेतृत्व गर्न तमलोपा अध्यक्ष ठाकुरलाई सुझाव दिए । 'चुनाव वा विद्रोह दुवैका लागि तपाईं नेतृत्व लिनुस्,' गुप्ताले भने, 'मधेसी जनताहरू चुनाव वा विद्रोह जे गर्न पनि मधेसवादी दल एक भएको हेर्न चाहन्छन् ।'
मोर्चा बाहिर रहेका मधेसी दलका नेताले मिलेर चुनावमा जाँदा मधेस र मधेसी जनताका लागि फाइदा हुने धारणा राखे । सद्भावना -आनन्दीदेवी) की अध्यक्ष एवं पूर्वमन्त्री सरिता गिरीले संघीयता, लोकतन्त्र र मधेसको हितका लागि बृहत मोर्चा बनाएर अघि बढ्न प्रस्ताव गरिन् । संघीय सद्भावनाका अध्यक्ष एवं पूर्वमन्त्री अनिलकुमार झाले आफूले सबै मधेसी दल एउटै परिवार बनेको र एकै ठाउँमा बसेको हेर्न चाहेको बताए । सके एउटै पार्टी र एउटै चुनाव चिह्न, त्यो नभए एउटै मोर्चा वा गठबन्धन बनाउनु उत्तम हुने झाको विश्लेषण छ ।
राष्ट्रिय मधेस समाजवादी पार्टी -रामसपा) का अध्यक्ष शरतसिंह भण्डारीले पनि मधेसका समस्या साझा भएको र सबै पार्टीका समान मुद्दा भएकाले मोर्चाबन्दी गर्दा फाइदा हुने तर्क गरे । राष्ट्रिय सद्भावनाका महासचिव कौशलेन्द्र शर्माले मधेसी जनताको आकांक्षा पनि एक भएर आऊन् भन्ने रहेकाले त्यसरी जाँदा फाइदा हुने बताए । 'मधेसी जनता टुटेको होइन, जुटेको देख्न चाहन्छन्,' शर्माले भने, 'हाम्रो पार्टी एकताका लागि तयार छ ।'
तमलोपाका नेता हृदयेश त्रिपाठीले मधेसी दलहरूबीच एकता र सहकार्यको वातावरण/माहोल बनाउन चियापान गरिएको बताउँदै छलफलमा विभिन्न मधेसी दलका नेताबाट आएका सुझाव सराहनीय भएकाले छलफल र बैठकलाई आगामी दिनमा निरन्तरता दिइने बताए । 'यो सुरुआत मात्रै हो,' उनले भने, 'यसलाई टुंगोमा नपुगेसम्म जारी राखिनेछ ।'
तमलोपाको चियापानमा सद्भावना आनन्दीदेवी -श्यामसुन्दर गुप्ता) समूहका देवेन्द्र मिश्र, सद्भावना आनन्दीदेवीका खुसीलाल मण्डल, नवनेपाल निर्माण पार्टीका अध्यक्ष मोतीलाल दुगड, मधेस तराई फोरमका अमर यादव, मधेसी नेताहरू आत्मारामप्रसाद साह, सर्वदेवप्रसाद ओझालगायत सहभागी थिए ।
kantipur

No comments:
Post a Comment