Pages

Monday, May 27, 2013

विमलेन्द्र निधिलाई खुला पत्र

रोशनकुमार झा



परमआदरणीय विमलेन्द्र निधिज्यू, सादर अभिनन्दन ।
गरिब नेपाली जनता गरिखान नसकिरहेको भए तापनि तपाई सञ्चै हुनुहुन्छ होला भन्ने आशा गरेको छु । तपाई मलाई चिन्नु हुन्न, तर म तपाईकै गाउाको भएको कारणले तपाई संग राम्ररी परिचित छु । मैले एकपटक यो परिचयलाई दुईतर्फि बनाउने सम्बन्धमा पनि सोचेको थिएा, तर, गाउाघरमा भनिन्छ नि ! ठुला बडाको छेऊ लाग्नु हुन्न, हो ! त्यसैले मैले मेरो अभिप्रायलाई तत्काललाई समाप्त पारि दिएा ।
तर यो दुनियााको लिला पनि एकदमै गजबको छ । कस्तो संयोग ! एकदमै गजबनै भयो, अस्ति तपाईलेनै समाजिक सञ्जाल फेसबुकमा मित्रताको आग्रह गर्नु भयो । मैले मेरो मनको अन्तरकुन्तरमा कहिाकतै बााकी रहेको मेरो पुरानो अभिप्रायमा सञ्जिवनी पाएा, अभिप्रायले पुनर्जिवन पायो र मैले मेरो मनको उदवेगलाई रोक्नै सकिन । तत्काल तपाईको मित्रताको आग्रह स्वीकार गरो । तर विडम्बना, तपाईले केहि मिनटमै आफ्नो आग्रह फिर्ता लिनु भयो र मैले परिचयलाई दुईतर्फि पार्ने अभिप्रायलाई फेरी पनि घााटि निमोठेरै हत्या गर्नु पर्‍यो । म अहिले पनि आफुलाई कहिले कााहि सोध्छु, किन तपाईले मित्र बनाएर मित्रता तोड्नु भयो ? खैर त्यो ठुलो कुरा होईन । अनलाईनको दुनियाामा यो समान्य कुरा हो ।
    तरपनि फेसबुकमा आज म तपाईको मित्रमण्डलीमा एउटा सदस्य भएको भएा यस पत्रिकाको साहारा लिई रह्नु पर्दैनथ्यो होला ! तर जे हुन्छ राम्रै हुन्छ । फेसबुकको गफ, हाम्रो व्यक्तिगत हुन्थ्यो र यहाा मैले सार्वजनिकरुपमा तपाईसंग पत्राचार गर्दैछु । यो खुला पत्र मार्फत ।
    हुनत मलाई अहिले पनि संसय छ, तपाई जनकपुरमा बस्नु हुन्न, र यो सानो ‘सर्कुलेशन’को पत्रिका तपाईसम्म पहुाच बनाउने हैसियत राख्दैन, तर पनि यो विश्वासले यस पत्रिका मार्फत तपाईलाई लेख्दैछु कि तपाईका सुहृदयी शुभचिन्तकहरुबाट तपाईलाई यो पत्र निश्चयनै प्राप्त हुनेछ ।
आदरनीय दाजु, तपाई विगत १७ वर्ष देखि जनकपुरमा स्थापना गरिने भनिएको राजर्षिजनक विश्वविद्यालय स्थापना समितिको अध्यक्ष हुनुहुन्छ, यतिका समयमा, त्यहि बेला जन्मेका बच्चाहरु हुर्केर बढेर विश्वविद्यालयमा पढ्न लायकका भईसकेका छन, तर खोई त यतिका वर्षमा किन विश्वविद्यालयको स्थापना नभएको ? विगत १७ वर्षमा यहााको सक्रियतामा के कति काम कार्यवाही अगाडी बढेको भन्ने बारे जानकारी पाउने जनकपुरबासीको अधिकार छैन र ?
कुनै पनि समाजको लागि विश्वविद्यालय कति अपरिहार्य हो भन्ने कुरा तपाईलजस्ता विद्वानलाई थाहा भएकै कुरा हो, त्यसमाथि तपाई यो देशको शिक्षा नीति बनाउनेहरुको नेतृत्व पनि गरिसक्नु भएको व्यक्ति । तपाईकै सहपाठीहरुबाट सुन्ने गर्छु, तपाई पढाईमा पहिला पनि अव्वल हुनुहुन्थ्यो, अहिले त झन देश विदेशको अनुभव छ तपाई संग । तर पनि तपाईलाई एक पटक स्मरण गराईदिन केहि भन्ने आाट गर्दैछु । कृपया ‘गुस्ताकी’ माफ गरिदिनु होला ।
    तपाईलाई थाहै छ, कुनै पनि समाजको विकासमा विश्वविद्यालयको महत्व एकदमै कति हुन्छ भनेर । विश्वविद्यालयमा सैद्धान्तिक, शास्त्रीय, शील्पीय ज्ञान दिनुका साथै त्यसको व्यवहारिक प्रयोग पनि गराईन्छ । जनकपुरमा एकटा विश्वविद्यालयको स्थापना भयो भने यहाा पनि अध्ययन अनुसन्धान सुरु हुने छन । मान्छेको बानिनै हो, आफ्नै नजिकका विषयमाथि अध्ययन गर्न उसलाई मन पर्छ । यस्तोमा जनकपुरकै विषयमा सबैभन्दा बढी अध्ययन अनुसन्धान हुने कुरामा तपाईको पनि फरक मत नहोला । अब जनकपुरको बारेमा अध्ययन भयो भने जनकपुरको चर्चा देशविदेशमा हुने थियो । यसबाट जनकपुरको पर्यटकीय विकासमा पनि टेवा पुग्ने थियो, होईन र ?
    यस अतिरिक्त एउटा विश्वविद्यालयले त्यो समाजको समाजिक आर्थिक रुपान्तरणमा पनि रचनात्मक सहयोग गर्ने गर्दछ जुन समाजको त्यो स्थापित हुन्छ । विश्वविद्यालयले समाजको आवश्यकक्ता अनुसार व्यवसायिक जनशक्ति तयार गर्ने गर्दछ । विश्वविद्यालयले सामाजिक, आर्थिक, साास्कृतिक र राजनीतिक परिवर्तनको रेखांकन गर्ने गर्दछ । अब जनकपुरजस्तो ठाउा जहाा अद्यावधि विकास के, कसरी, कहाा, कहिले र कसले गर्ने भन्ने विमर्श भएको छैन, त्यहाा एउटा विश्वविद्यालयको अवश्यक्ता कति होला भन्ने कुरा तपाईलाई थाहा नै छ । सायद यहि सब कुरा बुझेर तपाईले विश्वविद्यालय स्थापना गर्ने जमर्को गर्नु भएको थियो । तर खोई १७ वर्षसम्म पनि तपाईले विश्वविद्यालय स्थापना गराउन सक्नु भएको ?
    विश्वविद्यालय स्थापना गर्न/गराउन रकमको खााचो त पक्के पनि छैन । आखिर कति न कति पैसा तपाईकै नाउामा खोलएको बैंक खातामा जम्मा छ । अहिले पनि सबैले पैसा दिने भन्ने कुरा गरेकै छन । अब के कति जम्मा भएको छ र क–कसले दिने वाचा गरेका छन त्यो तपाई बाहेक अरु कसैलाई थाहा पनि त छैन नि ! कि कसो ?
    तपाईमाथि जनकपुरबासीलाई बडो विश्वास थियो । कतिले अहिले पनि गर्दै होलान । तर तपाईको पटक पटकको असफलताले हामी निराश भएका छौं । विश्वविद्यालय स्थापना गराउन खोलिएको कार्यालय नखुलेको पनि वर्षौ भईसकेको छ । अब त बोर्ड पनि रहेन । तर त्यो कुराहरु ठुलो कुरा होईन । जहाा हातिनै छैन त्यहाा जन्जीर के खोजि राख्नु !
    मलाई खासमा भन्नु केहि छैन । म यतिमात्र भन्न चाहन्छु कि सक्नु हुन्छ भने विश्वविद्यालय स्थापना गरेर देखाउनुस, सक्नु हुन्न भने अरुलाई जिम्मा दिनुस । आफु पनि नगर्ने र अरुलाई पनि गर्न नदिने बानि राम्रो हुादैन । तपाईकै भाषण हेरेर, सुनेर पढेर बुझेको कुरा हो यो । कम्तीमा लोकतन्त्रमा विश्वास गर्ने व्यक्ति र दलबाट यस्तो अपेक्षा गर्न सकिादैन भन्ने कुरा तपाईलेनै पटक पटक दोहोर्‍याउनु हुन्छ ।
    हुनत त्यस्तै पनि तपाईलाई फुर्सत हुादैन । आखिर देशकै सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टीका प्रभावशाली नेता हुनुहुन्छ । पार्टीको काममा सधैंभरि खटिरह्नु पर्दा अरु काममा त्यति ध्यान जाादैन होला । त्यसैले पनि विश्वविद्यालय स्थापनामा अबेला भएको हुनु पर्छ । तर अहिले पनि केहि बिग्रेको छैन । तपाईले गरेको प्रयासलाई भविष्यले मुल्याङकन गर्नेनै छन । अरु कसैको नेतृत्वमा विश्वविद्यालयको स्थापना भए पनि त्यसले केहि विग्रिदैन होला किनकि तपाईको अभिप्राय तपाईकै नेतृत्वमा विश्वविद्यालय बनोस भन्ने पक्कै पनि छैन होला । तपाई पनि विश्वविद्यालय स्थापना होस भन्ने मात्र अभिप्राय राख्नु भएको होला भन्ने मैले आशा गरेका छु ।
अन्तमा, तपाईले यो पत्र कुनै पनि माध्यमबाट प्राप्त गर्नु भयो भने यस्तै सार्वजनिक पत्रमार्फत उत्तरको अपेक्षा गरेको छु । नत्र भने म फेरी पनि कुनै पत्रिकाको कुनै कुनामा यहि विषयमा तर अर्को शब्दमा पत्राचार गरिनै रह्ने छु ।
तपाईको शुभचिन्तक भाई
रोशनकुमार झा
the exclusive

No comments:

Post a Comment