छिमेकी बिहारका मुख्यमन्त्री नीतीश कुमारले नेपालमा हुने आगामी संविधानसभा चुनावबारे जिज्ञासा प्रकट गरेका छन् ।
आजतक टेलिभिजन बिहार ब्युरो प्रमुख सुजीतकुमार झाको छोराको व्रतबन्ध समारोहमा सहभागी हुन रक्सौल, चैनपुर आएका मुख्यमन्त्री नीतीशकुमारले नेपाली तथा भारतीय सञ्चारकर्मीसँग कुराकानी गरेका थिए ।
सो समारोहमा भाग लिन वीरगंजबाट पुगेका पत्रकार चन्द्रकिशोर झालगायत सञ्चारकर्मीहरूसँग कुरा गर्दै नीतीशले संविधानसभाबाट लोकतान्त्रिक संविधान बन्न सके नेपालमा राजनीतिक स्थिरता कायम हुन्थ्यो भन्ने विश्वास व्यक्त गरे ।
उनले स्थिर र समृद्ध नेपाल छिमेकी बिहारको लागि पनि सार्थक सहयोगी हुने विश्वास लिएको बताए । लोकतान्त्रिक अभ्यासका लागि पद्धति निर्माण गर्न आवश्यक रहेको बताउँदै मुख्यमन्त्री नीतीशले यसका लागि संविधानसभाबाटै संविधान निर्माण बन्नुपर्ने विचार प्रकट गरे ।
नेपालमा संविधानसभा निर्वाचनले लोकतन्त्रलाई जीवन्त बनाउने बताउँदै जनता र राजनीतिक दलबीचको सम्बन्धले जनाधिकार र लोकतन्त्रको संस्थागत विकासमा टेवा पुग्ने बताए ।
राजनीतिक दलहरूको लोकतान्त्रिक अभ्यास तथा कार्यको जन परीक्षण गर्ने माध्यम निर्वाचनबाहेक नरहेको विचार व्यक्त गर्दै उनले दक्षिण एसियामा यसका लागि सर्वसम्मत संविधान प्राप्त भए मात्र सम्भव हुने बताउँदै उनले नेपालमा यथाशीघ्र सर्वसम्मत जनताको संविधान बन्न सके, नेपालको अग्रगति र समृद्धिको मार्ग प्रशस्त हुने विचार व्यक्त गरे ।
सो अवसरमा एनडि टिविका बिहार ब्युरो प्रमुख मनीष कुमार, हिन्दुस्तानका विनय बन्धु, प्रभात खबरका कृष्ण उपाध्यायलगायतको उपस्थिति थियो ।
भारतको लोकतन्त्रले स्थायित्व प्राप्त गर्नुको पछाडि आवधिक निर्वाचन र निर्वाचनपश्चात् जनादेश अनुसार सरकार निर्माण रहेको स्पष्ट पारे ।
prtik dainik

No comments:
Post a Comment