Pages

Tuesday, May 21, 2013

को हुन् सदरुल ?


उनी सप्तरीको कल्याणपुर(२ स्थित बिसनपुरमा २०१५ मा सामान्य परिवारमा जन्मिएका थिए । पाँच दाजुभाइमध्ये जेठो भएकाले परिवार चलाउने जिम्मा उनकै काँधमा परेको थियो । त्यसैले धेरै पढ्न नपाएका मियाँ वैदेशिक रोजगारीका लागि दुई पटक खाडी मुलुक गएका थिए । भारतमा पनि केही वर्ष काम गरेका थिए । पछि आफ्नै लगानीमा गाउँमै ुराम्रो इँट्टाभट्टा उद्योगु सञ्चालन गरेर व्यवसाय सुरु गरेका थिए । केही वर्ष कांग्रेसको क्रियाशील सदस्य भई गाउँस्तरीय राजनीतिमा संलग्न थिए । कांग्रेस भ्रातृसंस्था तरुण दलको कल्याणपुर गाउँका अध्यक्षसमेत भएका उनले २०५४ मा स्थानीय निकायको निर्वाचनमा वडा अध्यक्षमा जितेका थिए । २०६४ मा संविधानसभा निर्वाचनमा कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारबाटै उठेर सप्तरीको ५ नम्बर क्षेत्रमा विजयी भएका थिए । त्यसपछि उनको पहुँच राष्ट्रिय राजनीतिमा पुगेको थियो । सभासद भएपछि केही ठूला दल र मधेसवादी दलहरूले पार्टीमा भित्र्याउन आग्रह गरे पनि उनी स्वतन्त्र नै थिए । संविधानसभाको चारवर्षे यात्रामा अल्पसंख्यक, आदिवासी, जनजाति र मुसलमानका मुद्दा स्थापित गर्ने मामलामा मियाँको भूमिका अग्रणी थियो । माग पूरा गराउन निडरतापूर्वक संविधानसभा भवनमा विरोध जनाउँथे । सबैको अधिकार सुनिश्चित हुने खालको संविधान बनाउनुपर्ने भन्दै पटक(पटक एक्लैले संविधानसभा बैठक अवरुद्धसमेत गरेका थिए । संवैधानिक समितिमा सदस्य हुँदा उनी आफ्ना माग कडा ढंगले प्रस्तुत गर्थे । संविधानसभा विघटनपछि गाउँमै बसेर व्यवसायसँगै समाजसेवामा जुटेका थिए । उनका एक श्रीमती, दुई छोरा र तीन छोरी छन् ।
kantipur





No comments:

Post a Comment