काठमाडौ जेठ १६ गते । राष्ट्रिय मधेश समाजावादीका अध्यक्ष शरत्सिह भण्डारीले जयप्रकाश गुप्ता संयोजक रहेका तराई मधेश राष्ट्रिय अभियानसँग एकीकरण हुने भएको खुलासा गर्नुभएको छ । विहिवार मधेशी पत्रकार संघले बुझाएको सञ्चारमाध्यमबारे १० बुँदे ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष भण्डारीले दुवैपक्षको बीचा सबै सैद्धान्तिकपक्षमा सहमति भइसकेको र एकदुई दिनमा एकीकरणको घोषणा गर्ने बताउनु भएको छ ।
तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग एकीकरण हुने हल्ला चलिरहेको बेला अध्यक्ष भण्डारीले यस्तो खुलासा गर्नुभएको हो । अध्यक्ष ठाकुरसँग एकीकरण होइन मोर्चाबन्दी हुनसक्छ, उहाँले भन्नुभयो–‘हाम्रो पार्टी र गुप्ताजीको अभियानबीच एकीकरण भइसकेको छ घोषणा हुन मात्र बाँकी रहेको अवस्थामा तमलोपासँग एकीकरण गर्ने कुरै आउँदैन त्यो पार्टीसँग मोर्चा बन्न सकने सम्भावन रहेको छ ।
अध्यक्ष भण्डारीले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको औचित्य समाप्त भईसकेकाले मधेशमा एउटा नयाँ मोर्चाको आवश्यकता रहेको बताउनु भयो । मधेशी मोर्चाका नेतृत्वकर्तामाथि नैतिक प्रश्नखडा भएकोले सो मोर्चाको औचित्य समाप्त भएको दावी गर्नुभयो ।
अध्यक्ष
भण्डारीले मोर्चाका नेताहरुले जुन गल्तिहरु गरेका छन् ती गल्तीहरु सुधार
गरे मात्र त्यस बारेमा छलफल गर्न सकिने धारणा राख्दै मधेशमा एउटै छुट्टै
मोर्चा बनाएर त्यसमा सबै दलहरु सहभागि हुनुपर्ने तर त्यसको लागि सबैले
आआफ्नो स्वार्थ त्याग्नु पर्ने कुरामा जोड दिनुभयो । मधेशवादी दलहरुको
बीचमा जुन प्रकारको समीकरण देखिएको छ त्यसले तीनवटा मोर्चासम्म हुने सक्ने
आँकलन गनुृभयो ।उहाँले गुप्ताको अभियान र आफ्नो पार्टीबीच एकीकरण हुने र अन्य मधेशवादी दलसँग मोर्चाबन्दी हुने समेत बताउँदै तमलोपाका अध्यक्ष महन्थ ठाकुरसँग पार्टी एकीकरण नभएर मोर्चाबन्दी मात्र हुने स्पष्ट पार्नुभयो । जबकी तमलोपा, अनिल झाको संघीय सद्भावना पार्टी, भण्डारीको समाजवादी पार्टी र गुप्ताको अभियानबीच एकीकरण हुने चर्चा रहेको छ । अध्यक्ष ठाकुरले पनि एउटै झण्डा र एउटै चुनाव चिन्ह हुने गरी मधेशमा एकता हुने बताउँदै आउनु भएको छ ।
अध्यक्ष भण्डारीले अध्यक्ष ठाकुरको नेतृत्व स्विकार गर्नुपर्नु कुनै बाध्यता नरहेको बताउँदे अन्य दलका नेताहरुका पक्षमा पनि नेतृत्वका लागि सहमति बन्न सक्ने धारणा राख्नुभयो । अध्यक्ष ठाकुरले बोलाएको छलफलमा पहिलो गाँसमै ढुंगा जस्तो भएको प्रतिकृया दिनुभयो । उहाँले भन्नुभयो–‘अध्यक्ष ठाकुरले बोलाउनु भएको छलफलमा मधेशका जिम्मेवार दलहरु अनुपस्थित भएपछि त्यहाँ शंका उब्जिएको छ । जबसम्म सबैलाई समेटेर मोर्चाको कुरा अगाडि बढाउँदैन तबसम्म ठाकुरको अभियान सफल हुने छैन ।’
उहाँले आफूलाई मधेशी मोर्चाबाट जुन प्रकारको धोका भएको छ त्यस हिसाबले त्यसको विरुद्धमा जानुपर्ने तर आफूले सबै दललाई समेटेर नयाँ मोर्चा बनाउनुपर्ने पक्षमा रहेको धारणा राख्नुभयो । उहाँले उपेन्द्र यादव, विजयकुमार गच्छदार र महन्थ ठाकुरको छुट्टा छुट्टै मोर्चा बन्न सक्ने सम्भावना रहेको प्रतिकृया दिँदै तर पनि सबै दल एउटै मोर्चामा आयोेस् भनि आफ्नो प्रयास रहेको बताउनुभयो ।
यता, तराई मधेश लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष महेन्द्र यादवले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा क्रियाशिल हुँदा हुँदै अर्को नयाँ मोर्चा बनाउनुको कुनै औचित्य नरहेको बताउनुभयो । हाल क्रियाशिल रहेका मधेशी मोर्चामा नै सबै दललाई समावेश गर्नुपर्ने धारणा राख्दै अर्को नयाँ मोर्चाको कुरा गर्नु पराजित मानसिकताको उपज भएको प्रतिकृया दिनुभयो ।
उहाँले मधेशी समाजमाथि हुने गरेको विभेदको प्रभाव सञ्चारमाध्यममा पनि परेको बताउँदै खासगरी मधेशी पत्रकार र पत्रकारीताको क्षेत्रमा संघर्षको आवश्यकता रहेको बताउनुभयो ।
सोही दिन संघको ध्यानकर्षणपत्र बुझ्दै अध्यक्ष यादवले तमलोपाका अध्यक्ष ठाकुर मधेशी मोर्चाको तर्फबाट उच्च स्तरीय राजनीति संयन्त्रमा सहभागि पनि हुनुभएको छ र अर्को नयाँ मोर्चाको पनि तयारी गर्नु भएको छ यो दोधारे प्रवृति भएको कारणले मधेशमा एउटै मोर्चाको संभावना कम रहेको बताउनुभयो । उहाँले मधेशमा पार्टी एकीकरणभन्दा मोर्चाको सम्भावना बढी रहेको बताउँदै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई नै क्रियाशिल गराउनमा आफ्नो पहल रहने बताउनुभयो ।
अर्को मोर्चा बनाउन पनि मधेशी मोर्चाभित्र छलफल गरेर गरेको भए तमलोपाको ‘टी पाटी’ फेल हुने थिएन, उहाँले भन्नुभयो–‘ठिक छ, नयाँ मोर्चा बनाउने आवश्यकता नै यहाँ देखेएको छ भने मधेशी मोर्चाभित्र छलफल हुनुपर्छ र त्यो छलफलले मात्र निष्कर्ष निकालेर अगाडि बढ्नुपर्छ तर यहाँ त्यस्तो भएको छैन । यत्रो मेहनतबाट बनाइएको मधेशी मोर्चालाई त्यतिकै लवारीस छाडेर अर्को मोर्चा बनाउनु हुँदैन ।’
संघका अध्यक्ष कुमार विवेका नन्द मिश्रको नेतृत्वमा गएको टोलीले बुझाएको ध्यानाकर्षणपत्रमा तत्कालीन सरकार र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच राज्यका सम्पूर्ण निकायलाई समावेशी बनाउने सम्झौता भए पनि ती सम्झौता कार्यान्वयन हुन सकेको छैन उल्लेख गरेको । साथै राज्य मातहतको सरकारी सञ्चारमाध्यम समावेशी चरित्रको नभएको उल्लेख गरेको छ ।
मधेशसम्बद्ध सञ्चारसंस्थाको निरन्तर संघर्षपछि तत्कालीन सरकारले सञ्चारमाध्यमलाई समावेशी बनाउनेसम्बन्धी आयोग गठन गरेको र त्यो आयोगले सरकारसमक्ष प्रतिवेदन बुझाइसकेको छ । तर आयोगको प्रतिवेदन सार्वजनिक नगरिएको, प्रेस काउन्सिलबाट वर्गीकरण हुँदा मधेश केन्द्रित पत्रपत्रिका र मोफसलबाट प्रकाशित समाचारपत्रप्रति विभेद हुने गरेको, अत्यन्त न्यून संख्यामा रहेका मधेशी महिला पत्रकारहरुको पेशागत सुरक्षा र पेशाप्रतिको निरन्तरताका लागि प्रोत्साहित गर्ने लगायतका कुनै योजना सरकारी वा गैरसरकारी स्तरबाट हुन नसकेको लगायतका उल्लेख गरेका छन् ।
No comments:
Post a Comment