काठमाडौ, जेष्ठ ६ - प्रेस काउन्सिलबाट त्रैमासिक प्रकाशित हुने संहिता पत्रिकाले मानहानी गरेको दाबी गर्दै काउन्सिलबिरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर भएको छ ।
काउन्सिलले चैतमा प्रकाशित गरेको संहितामा 'दाइ, जयनेपाल, कमरेड अभिवादन' शिर्षकको लेखमा मानहानी गरेको भन्दै पत्रकार रोशन पुरी, गोविन्द देवकोटा र अधिवक्ता श्रीकृष्ण सुवेदीले काउन्सिललविरुद्ध सोमबार मुदा दायर गरेका हुन् । 'संचार माध्यमलाई अनुगमन एवं मर्यादित बनाउने कार्य नगरी आफ्नो मुखपत्रबाट नै व्यक्तिगत मान प्रतिष्ठामा आाच आउने किसिमका भ्रामक र गलत समाचार प्रकाशित भई हामी रिट निवेदकहरुलाई प्रत्यक्ष असर पर्न गएकाले तथा विपक्षीहरु आफ्नो कानुनी दायित्व निर्वाह नगरी कानुन विपरितका कार्य गरेबाट तमाम नेपाली नागरिकलाई असर पर्न गएकाले अन्य कुनै उपचार नभएकाले सम्मानित अदालत समक्ष सार्वजनिक सरोकारको यो रिट निवेदन दिएका छौं' रिटमा भनिएको छ, 'तथ्यहरुको आधारमा संचार माध्यमबाट कुनै पनि नागरिकको मानमर्दन वा व्यक्तिगत प्रतिष्ठामा कुनै आाच आउने कार्य भएमा तत्काल उपचार पाउने कानुन नभएकाले र भएका कानुनी व्यवस्था पर्याप्त नभएकाले पीडितलाई भरपूर क्षतिपूर्ति दिलाई भराउने एवं कानुन विपरित कार्य गर्ने संचार माध्यमलाई दण्डित गर्ने कानुन निर्माण लगायत आवश्यक कदम चाल्न विपक्षीका नाममा परमादेश लगायत आवश्यक आज्ञा आदेश जारी गरी पाऊा ।'
रिटमा उक्त लेखामा मानमर्दन गर्नमा केन्दि्रत देखिएकाले उल्लेख गर्दै यस मुद्दाको अन्तिम किनारानभएसम्म अन्य कुनै कानुनी उपचार समेत नभएको कारण तत्काल त्यस्ता कार्य रोक्न बाञ्छनीय भएकाले व्यक्तिगत मान प्रतिष्ठामा आाच आउने कार्य कुनै पनि संचार माध्यमबाट नगर्न/नगराउन विपक्षीका नाममा अन्तरिम आदेश जारी गर्न' माग गरिएको छ ।
काउन्सिलको प्रकाशन संहिताले आफ्ना बारेमा झुटा र कपोकल्पित कुरा छापेर मानहानी गरेको ठहर सहित पत्रकार पुरी र देवकोटा तथा यो सार्वजनिक विषय भएकोले सम्बोधन हुनुपर्ने भन्दै अधिवक्ता सुवेदीले संयुक्त रुपमा अदालत गएका हुन् ।
रिटमा १० लाख रुपैयाँ क्षतिपूतिर्को माग दावी गरिएको छ भने यसप्रकारका सामाग्री छापिएपछि व्यक्तिको जीवनमा पुग्ने क्षतिको सम्बोधन गर्ने कुनै कानून नभएकोले कानून बनाउन माग समेत गरिएको छ ।
संहिताको उक्त लेखमा बिभिन्न राजनीतिक दलको रिपोटिङ गर्ने पत्रकारहरुलाई पार्टीसम्वद्ध भएको आरोप लगाइएको थियो ।
kantipur
No comments:
Post a Comment