![]() |
| जयप्रकाशप्रसाद गुप्ता, |
जयप्रकाशप्रसाद गुप्ता, सर्वोच्च अदालतले भ्रष्टचारी प्रमाणित गरे पछि
अघिल्लो फागुनमा जेल गए । बहालवाला मन्त्री जेल गएको पहिलो रेकर्ड आफ्नो
खातामा पार्न सफल उनै गुप्ता गत चैत ५ गतेवाट जेल मुक्त भइसकेका छन् ।
जेलमुक्त भए पछि हाल तराई मधेस राष्ट्रिय जागरण अभियानमा लिएर देशभर
घुमिरहेका छन् । भन्नेहरुले के पनि भन्छन भने, यतिखेर गुप्ता महन्थ ठाकुर र
शरदसिंह भण्डारीसँग पार्टी एकताको प्रयासमा छन् ।
संविधानसभा निर्वाचन कुरो आइरहेको छ । नेपालको निर्वाचन संवन्धी विद्यमान कानुन कार्यान्बयन मात्र हुन सक्यो भने गुप्ताले आगामी संविधानसभा निर्वाचनमा उम्मेदवारी दिन पाउँदैनन् । सो कानुनमा लेखिएको छ, फौजदारी अभियोगमा जेल सजायँ पाएको ब्यक्तिले कम्तिमा पनि ६ बर्ष निर्वाचन लडन पाउँदैन् । यो बुदाँ नै गुप्तालाई निर्वाचनमा सहभागी हुनै नदिने छेकवारको बुदाँ हो ।
संविधानसभा निर्वाचन कुरो आइरहेको छ । नेपालको निर्वाचन संवन्धी विद्यमान कानुन कार्यान्बयन मात्र हुन सक्यो भने गुप्ताले आगामी संविधानसभा निर्वाचनमा उम्मेदवारी दिन पाउँदैनन् । सो कानुनमा लेखिएको छ, फौजदारी अभियोगमा जेल सजायँ पाएको ब्यक्तिले कम्तिमा पनि ६ बर्ष निर्वाचन लडन पाउँदैन् । यो बुदाँ नै गुप्तालाई निर्वाचनमा सहभागी हुनै नदिने छेकवारको बुदाँ हो ।
राजनीति गर्ने मान्छे, जसलाई जनता, निर्वाचन र पद निकै महत्वुर्ण हुने गर्छ
। नेतालाई राजनीतिको नशा ‘ड्रग्स’ जस्तै हुन्छ । एकचोटी राजनीतिमा पसेको
मान्छे, फेरी हतपति अर्को पेशामा जान सक्दैन् । जेल सजायँ भोगेर आए पनि
गुप्तालाई भने अझै पनि "राजनीतिक ड्रग्स" ले छाडन सकेको रहेनछ । र त, उनी
पछिल्लो समय एकीकृत माओवादीका अध्यक्ष प्रचण्डको शरणमा पुगिरहेका रहेछन् ।
गुप्ता र प्रचण्ड बिच अरु कुरा नमिले पनि एउटा कुरा भने यतिखेर मिल्न गएको छ
। दुवै नेता निर्वाचन आयोगले पेश गरेको मस्यौदा ऐनमा उल्लेख गरिएको
फौजदारी अभियोग संबन्धी बुदाँलाई जसरी पनि हटाउन चाहान्छन् । ‘पुरानो ऐनमा
टेकेर जाऊँ’ भन्ने माओवादीको प्रस्तावमा गुप्ताको पुर्ण समर्थन देखिन्छ ।
त्यो बुदाँ हटाइयो भने गुप्ता जस्ता "भ्रष्टचारी" अभियोग प्रमाणित ब्यक्ति
पनि निर्वाचनमा लडन पाउँछन् । त्यसैले गुप्ताको ध्यान त्यो बुदाँ हटाउनुमा
नै केन्द्रित देखिएको छ ।
कुनै पनि अपराधका दोषी प्रमाणित भई सजायँ भोगेका ब्यक्तिले ६ बर्षसम्म
निर्वाचन लडन नपाउने अथवा त्यस्तो कुनै अभियोग लागे / नलागे उम्मेदवारले
आफ्नो उम्मेदवारी दर्ता गराउँदा पुर्व जानकारी दिनुपर्ने बुदाँ माओवादीलाई
पनि मन परेको छैन र गुप्तालाई पनि । यो बुदाँ राखी निर्वाचन मस्यौदा ऐन
बनाए पछि प्रचण्डले त प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीलाई ‘झलनाथको खास मान्छे’ नै
भनिसकेका छन् । माओवादी त्यो बुदाँलाई कुनै पनि मानेमा हटाउन चाहान्छन,
त्यसको प्रयासमा अझै उ लागिरहेको छ । र, त्यो बुदाँ हटाएर गुप्ता जस्ता
फौजदारी अभियोगमा मुछिएकालाई पनि निर्वाचनमा उम्मेदवार बनाउन चाहान्छ् ।
अहिलेसम्म निर्वाचन कानुन पास नहुनुको कारण पनि माओवादीको सो बुदाँ हटाउन
राखेको अडान नै हो । अझ, प्रचण्ड त निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको
सो प्रस्ताव त आफुहरुलाई जेल हाल्ने उदेश्यसहित ल्याइएको सम्म
भन्न पछि परेका छैनन् । जे होस, सत्य यही हो कि त्यसमा बिमती अझै पनि
कायमै छ । परिणाम, चैत १७ गते पास गर्नका लागि सरकारलाई वुझाएको सो ऐन
मस्यौदा अझै पनि पास हुन सकेको छैन् ।
त्यो बुदाँ हटाउन पाए आफु पनि निर्वाचनमा सहभागी हुन पाइन्छ भनेर होला,
गुप्ताले प्रचण्डलाई भित्र भित्रै हारगुहार गरिरहेका छन् । प्रचण्डलाई फोन
गरी गुप्ताले भनेका रहेछन, ‘त्यो बुदाँ हटाउनु होस, म पहिला जस्तो अहिले
पनि तपाईहरुलाई सहयोग गर्न तयार छु ।’ त्यसका लागि आफु जे गर्न पनि तयार
रहेको जनाऊ गुप्ताले प्रचण्डलाई दिएका रहेछन् । सायद मधेसवाट निर्वाचन लडने
चाहान गरेका प्रचण्डलाई ‘ब्याक फोर्स’ पनि दिने जनाऊ गुप्ताले दिएका
होलान् ।
प्रचण्डले चाँही गुप्ताले पटक–पटक टेलिफोन गरी सो बुदाँ हटाई दिन गरेको
आग्रहका बारेमा आफु निकटहरुसँग दिल खोलिदिएका छन् । जुन दिन स्वतन्त्र
सभासद सरुदल हक मियाँको सिरहामा हत्या भयो, त्यो दिन प्रचण्ड चितवनमा थिए,
उतावाट फर्केर आए पछि लाजिम्पाट निवासमा गुप्ताको टेलिफोन प्रसङ्गको कुरा
निकटवर्तीहरुलाई सुनाई दिएका छन् । ‘गुप्ताजीले फौजदारी अभियोग लागेका
ब्यक्तिले पनि चुनाव लडन पाउनु पर्छ भन्ने हाम्रो मागमा समर्थन जनाउनु भएको
छ’ प्रचण्डले करिब एक दर्जन निकटवर्तीसँग भने, ‘उहाँले मलाई जसरी पनि त्यो
बुदाँ हटाउनु प¥यो भनेर भनिरहनु भएको भएइछ ।’ प्रचण्डका अनुसार त्यसका
लागि गुप्ताले ‘ब्याक फोर्स’ पनि निकै दिइरहेका छन् ।
हुन त गुप्ताले जेल जानु अघि पनि अहिले जस्तै प्रचण्डसँग रोइकराई पनि
नगरेका होइनन्, तर प्रचण्डले उनलाई ‘राम राम मात्रै भने, काँध थापि दिएनन्
।’ बाबुराम भट्टराई प्रधानमन्त्री बनाउनका लागि मुख्य भुमिका खेलेका
गुप्ताले पहिला नै सर्त राखेका रहेछन् । ‘मेरो मुद्धा (त्यतिवेला सर्बोच्च
अदालतमा विचाराधिन थियो) लाई किनारा लगाउन सहयोग गर्नुहोस र अहिले नै फैसला
गर्न नलगाई दिनुहोस ।’ गुप्ताको सर्त पछि प्रचण्डले भनेका पनि रहेछन,
‘हामीलाई सहयोग गर्नुहोस, बाबुरामजीलाई प्रधानमन्त्री बनाउन भुमिका
खेल्नुहोस, तपाईको मुद्धा रोक्ने जिम्मा मेरो, ढुक्क भए हुन्छ ।’ प्रचण्डको
सो बचन पछि भट्टराईलाई प्रधानमन्त्री बनाउन संयुक्त लोकतान्त्रिक मधेसी
मोर्चामार्फत गुप्ताले निकै नै मेहनत पनि गरेका थिए । तर, जब सर्वोच्च
अदालतले फैसालको मिति तोक्यो, उनै गुप्ता प्रचण्ड र बाबुराम दुवैका पुगेर
सो मुद्धा रोक्न आग्रह गरे । तर, त्यसका लागि दुवै नेताले कुनै पनि पहल गरि
दिएनन्, अनि गुप्ताको सात्तो गयो । ‘आवाश्यक परेको बेला’मा भने प्रचण्डले
गुप्तालाई केही गरि दिएनन । र त, भट्टराई प्रधानमन्त्री भएकै बेला उनै
संञ्चार मन्त्री गुप्ता जेल जानु प¥यो ।
गुप्ता सर्वोच्च अदालतवाट सदरखोर डिल्लीबजार गई सके पछि राहादानी
दुरुपयोगमा हिरासत भोगिसकेका बीपी यादव भन्दै थिए, ‘प्रचण्डजीले पहिला
मुद्धा रोक्छु भन्नु भएको थियो तर अहिले रोक्नका लागि कुनै पनि पहल
गर्नुभएन, हामीलाई माओवादीले नराम्रो गरी धोका दियो ।’ सर्बोच्च अदालतको
पार्किङ तिर बसेर त्यही दिन यादव गुनासो गरिरहेका थिए, ‘माओवादीलाई
प्रधानमन्त्री बनाउन अध्यक्ष (गुप्ता) ज्यूले निकै सहयोग गर्नु भयो तर
अध्यक्ष (गुप्ता) लाई आज अप्ठ्यारो पर्दा (जेल जानु पर्दा) माओवादीले भने
कुनै सहयोग गरेन ।’ त्यस पछि गुप्ता र उनको पार्टीको माओवादी प्रति मोहभंग
भएको थियो ।
तर, अहिले निर्वाचन आयोगको मस्यौदालाई लिएर पुनः गुप्ता र प्रचण्ड विच एकता
भइरहेको छ । त्यसका लागि गुप्ता नै एक कदम अघि सरेर प्रचण्डको शरणमा पर्न
गई रहेका छन । त्यसैले होला, त्यही दिन प्रचण्डले भने, ‘गुप्ताजी धेरै बाठो
मान्छे, आफ्नो काम बनाउन उहाँ निकै सिपालु हुनुहुन्छ, हेर्नु त आज फेरी
मसँगै आउछु भन्नु भयो, हाम्रो मागलाई समर्थन पनि जनाइ रहनु भएको छ ।’
प्रचण्डका अनुसार सो बुदाँ हटाउन निकै पहल गरिरहेको जानकारी गुप्तालाई
दिइसकेका छन् । त्यसैले गुप्ता पनि माओवादीका कारण सो बुदाँ हटछ भन्नेमा
पुर्ण विश्वस्त छन् । उनी ढुक्क छन, कि आयोगले पेश गरेको मस्यौदावाट सो
बुदाँ हट्छ र आफु निर्वाचनमा जान पाइन्छ ।
जय होस, नेपाली राजनीति ।

No comments:
Post a Comment