मधेस राजनीतिमा एकिकरण होइन, धु्रबीकरण र त्यागी होइन स्मार्ट नेता
तुलानारायण साह
 |
| TULANARAYAN SAH |
अचेल मधेस राजनीतिमा एकिकरण र गठबन्धनको जोडदार चर्चा छ । वि।स।२०६३ को मधेस विद्रोह र वि।स।२०६४ को मधेस आन्दोलन पश्चात सम्पन्न संविधानसभाको निर्वाचनले मधेस राजनीतिलाई यो आकार दिलाएको हो ।
संविधानसभाको निर्वाचन पश्चात सत्तामा सहभागिता र संविधान निर्माणको प्रयास एक साथ शुरु भएको थियो । सत्ताको साझेदारीमा मधेसी राजनीतिले अपेक्षा, आवश्यत्ता र चाहनाभन्दा ज्यादा सफलता प्राप्त गर्यो । तर, संविधान निर्माणको प्रक्रियामा मधेसी नेताहरु अपेक्षा, आवश्यत्ता र चाहनाभन्दा कम सक्रिय रहे ।
सत्ता नेताहरुलाई चाहना थियो, संविधान आम मधेसी जनताको । हामी सत्ता राजनीतिमा सफल रहयौं, संविधान निर्माणमा निष्क्रिय र असफल । आखिर किन यस्तो भयो रु सभासदको सँख्याको अभावमा वा नेताहरुको अभावमा रु
मलाई लाग्छ, मधेस राजनीतिमा नत नेताको अभाव थियो, नत दलको । अभाव थियो भने केवल चाहना र क्षमताको । नेताहरुको स्मार्टनेसको । विगतमा जसले मधेसी नेताहरुलाई सत्ता साझेदारी गर्न सहयोग गर्यो, तिनको प्राथमिकतामा केवल सत्ता थियो संविधान होईन ।
त्यसैले आजको मधेस राजनीतिमा नेताहरुको उचाईको आधारमा दलहरुबीचको एकिकरणको होइन्, बरु मुद्दा र क्षमताको आधारमा नेताहरुबीच धु्रबीकरणको आवश्यक्ता छ ।
आजको मधेस राजनीतिमा त्यागी मात्र होईन बरु स्मार्ट नेता पनि चाहिएको छ । जो शायद पुराना नेताहरुबाट संभव छैन । यसकोलागी युवा नेताहरुले नयाँ शिराबाट सोच्नैपर्छ ।
No comments:
Post a Comment