‘पार्टीको
बैठक भयो भने काठमाडौं जान्छु र फर्किहाल्छु । धेरै दिन बस्न पनि खर्च
धान्नै गाह्रो छ । बढी समय जिल्लातिर नै बित्ने गरेको छ’ सक्रियता किन
घटाएको भन्ने प्रश्नमा उनले भने-’सल्लाहकारमा राखेका छन् । तर, सल्लाह
मागेको पनि देखिँदैन । दिइहाले पनि कसले सुन्नेहैन यस्तै छ ।’ एमाले
नेताहरुले यसपालि सबैभन्दा ठूलो पार्टी हुन्छौं भने पनि मधेसमा एमालेप्रति
असन्तुष्टि बढ्दो रहेको उनले बताए । ‘मधेसमा एमालेसँग मतदाताहरु सन्तुष्ट
भने छैन । बौद्धिक प्रभाव पनि देखिएन ।’ किन एमालेप्रति मतदाता असन्तुष्ट
भए त भन्ने प्रश्नमा उनले भने-’मधेसको मौलिक मागमा एमालेको अग्रगामी भूमिका
रहेन । कसैको पछि लाग्ने, अरुले निर्णय गरेपछि सहभागि हुने अवस्था रहृयो ।
नागरिकता, संघीयता लगायतका मुद्दामा, सांस्कृतिक भेषभुषाको मामिलामा पनि
एमालेले आफ्नो छवि पछाडी परेको छ । यसले गर्दा पनि एमाले वर्गीय पार्टी हो,
जनताको हित गर्ने हो र गरीवको कल्याण गर्ने पार्टी हो भन्ने रुपमा त छ,
तर, मधेसको नागरिकको माग छ, त्यसप्रति एमालेको धारणा अग्रगामी रहेन भन्ने छ
।’ पछिल्लो पटक प्रमुख चार दलबीच ११ बुँदे राजनीतिक सहमति हुँदा पनि यस्तै
देखिएको झाको बुझाइ छ ।
एमालेले मधेसको माग सुन्नै नचाहेको कि
तपाईहरु जस्ता एमालेका मधेसी नेताहरुले नेतृत्वलाई सहमत गराउन नसकेको भन्ने
प्रश्नमा उनले दुबै भएको बताए । ‘हामीले कन्भिन्स गर्न पनि सकेनौं र
उहाँहरु कन्भिन्स नहुने पनि रहेछ’ एमाले नेता झाले भने-’अर्को कुरा जो
मधेसको नेता एमालेमा अल्पसंख्यक हुन्छन् र स्वयंम आफ्नो पद जोगाउनमै व्यस्त
हुन्छन् । चाकरीको प्रवृत्ति बढ्दो छ । जनताको कुरा राख्ने त सोचाइ नै छैन
।’ जनताको कुरा राख्न थालेपछि पार्टी छोड्नु पर्ने अवस्था आउने तितो सत्य
उनले सुनाए ।
‘संघीयता मूख्य मुद्दा हो, यसलाई उठायो कि
जातिवादीको आरोप लाग्न थालिहाल्छ । पार्टीभित्र नै गिज्याउन थालिन्छ’ उनले
भने । उसो भए एमाले नेतृत्व मधेसप्रति पूर्वाग्रही नै हो त ? झाले
भन्नुभयो- ‘त्यही भन्न त म सक्दिँन । मधेसप्रति पूर्वाग्रही नै भएको भए त
अवस्था निकै गाह्रो हुन्थ्यो, पूर्वाग्रही छैन । तर, अग्रगामी भूमिका छैन ।
मधेसकै जनताले माग राखेर सम्झाइदिएको बेला नबुझ्ने । तर आन्दोलन
चर्किसकेपछि, भडि्कसकेपछि र अरु पार्टीले मानिसकेपछि बल्ल घिसारिएर जाने
मनस्थितिमा एमाले हुन्छ । त्यतिबेलासम्म एमालेबारे गलत सन्देश गइसकेको
हुन्छ ।’
रामचन्द्र झाले पार्टी छाडे, उनले एमालेले
ढाड भाँचे भनेका छन् । सर्लाहीका पूर्वजिल्ला सचिव पनि एमाओवादी गए । अब
एमाले मधेसमा झन कमजोर भएको हो ? भन्ने प्रश्नमा झा चुनावी परिणामको अड्कल
अहिले नै गर्न राम्रो नहुने भन्दै पन्छिने खोजे । रामचन्द्र झाको एमाले
परित्यागको प्रभाव झा र एमाले अध्यक्ष दुबैले भनेको जस्तो नहुने उनको
विश्लेषण छ । ‘अध्यक्षले भनेजस्तो एमालेबाट एकलोटा पानी निकालेजस्तो पनि
नहोला । तर, रामचन्द्रले मैले मधेसको ढाड बाँचिदिएँ भने जस्तो पनि नहोला’
उनले भने-’समग्र मधेसमा रामचन्द्र झाको प्रभाव छैन । भए धनुषाको १ नम्बर
क्षेत्रमा राम्रो छ, १ नम्बर जति प्रभावित छ, धनुषा जिल्ला कम प्रभावित छ र
अरु जिल्लामा त उहाँको विरुद्धमै वातावरण बनेको छ ।’ उनले थपे-’एमाले
पोलिटव्यूरो सदस्य झा एमाओवादीमा जाँदा सँगै पोलिटब्यूरो, केन्द्रीय सदस्य,
अञ्चल कमिटीबाट को गए त ? क्षेत्रीय कमिटीका को गए भन्दा केही गएनन् ।’
यद्यपि झाको एमाओवादी प्रवेशले तत्कालीन असर भने देखिएको उनले स्वीकार गरे ।
- See more at: http://www.onlinekhabar.com/2013/05/74208/#sthash.N3ay0Eta.dpuf
No comments:
Post a Comment