Pages

Tuesday, July 16, 2013

समता फाउण्डेशनका अध्यक्ष डा.पदम सुन्दाससँग मधेशी पत्रकार संघ

दलितको क्षेत्रमा काम गर्ने समता फाउण्डेशनका अध्यक्ष डा.पदम सुन्दाससँग मधेशी पत्रकार संघका पदाधिकारीहरु फाउण्डेशनको कार्यालयमा मंगलवार -साउन १ गते) मधेशी दलित तथा मधेशमा काम गर्ने मधेशी दलित पत्रकारहरुको बारेमा कुराकानी गरेको छ । कुराकानी फलदायि भयो । अध्यक्ष सुन्दासले अगामि दिनमा मधेशी पत्रकार संघसँग सहकार्य गरी जाने प्रतिवद्धता समेत जनाउनु भयो । उहाँले पहाडभन्दा मधेशका दलितमाथि बढी विभेद हुने गरेको धारणा राख्नु भएको थियो साथै मधेशमा दलित पत्रकारहरुको सँख्या कम हो बरु त्यसका लािग के गर्नुपर्छ समता फाउण्डेशनले गरिनेछ लगायतका कुराकानीहरु भयो । समता फाउण्डेशनसँगको अनौपचारिक छलफलमा पत्रकार संघका अध्यक्ष कुमारविवेकानन्द मिश्र, उपाध्यक्ष पंकज दास, महासचिव सुरेशकुमार यादव, सदस्यहरु अमरेन्द्र यादव र बीपी यादवको उपस्थिति थियो ।



No comments:

Post a Comment