२०७० असार १२ गते
प्रेस विज्ञप्ति
नेपाल सरकारको नियन्त्रणमा रहेको रेडियो नेपालबाट दैनिक रुपमा प्रसारण हुँदैआएको अत्यन्त लोकप्रीय कार्यक्रम घटना र विचार अकस्मात बन्द गरिएकोप्रति यस मधेशी पत्रकार संघको गम्भीर ध्यानाकर्षण भएको छ । रेडियो नेपालको इतिहासमा पहिलो पटक मधेशी पत्रकारहरुले सञ्चालन गर्दैआएको घटना र विचार कार्यक्रम रेडियो नेपाल व्यवस्थापनको ठाडो आदेशमा यही २०७० असार ११ गते मंगलबारदेखि बन्द गरिनु अत्यन्त दुःखद विषय हो । अन्तरिम चुनावी सरकार गठनसँगै विभिन्न सरकारी सञ्चारमाध्यमबाट मधेशी पत्रकारहरुलाई गरिएको निष्कासन श्रृंखलाकै निरन्तरताको पछिल्लो कदम रेडियो नेपालमा भएको यो संघको ठहर छ ।
संविधानसभा निर्वाचन प्रयोजनका लागि मात्र गठित वर्तमान सरकारले मधेशी पत्रकार एवं सञ्चारकर्मीलाई निकाल्ने, मधेशी पत्रकार एवं सञ्चारकर्मीको सहभागितामा सञ्चालित कार्यक्रमहरु बन्द गर्ने जस्ता विभेदकारी नीति अपनाएकोमा यो संघ त्यस्तो विभेदकारी, असमावेशी एवं अलोकतान्त्रिक कार्यको घोर भत्र्सना गर्दछ । मुलुकका सबै निकाय समावेशी बनाउनुपर्ने र राज्यका सबै तह र अंगमा मधेशी, आदिवासी जनजाति लगायत सबै समुदायको समानुपातिक प्रतिनिधित्व हुनुपर्ने अवस्थामा मधेशी पत्रकार र सञ्चारकर्मीलाई निकाल्ने तथा उक्त स्थानमा आफना मान्छेलाई राख्ने कुत्सित मनसाय रहेको प्रष्ट छ ।
अतः रेडियो नेपाल व्यवस्थापनको ठाडो आदेशमा बन्द गरिएको घटना र विचार कार्यक्रम तत्काल प्रसारण प्रारम्भ गर्न तथा उक्त कार्यक्रम बन्द भएपछि विस्थापित मधेशी पत्रकारहरुलाई तत्काल पुनर्बहाली गर्न माग गर्दछौ । अन्यथा संघर्षका विभिन्न कदम उठाउन संघ बाध्य हुनेसमेत सम्बन्धित निकायलाई अवगत गराउँदछौ । साथै विस्थापित मधेशी पत्रकारहरुको पक्षमा सहयोग एवं सहकार्यका लागि क्रियाशील सम्बद्ध सञ्चारसंस्थाहरुलाई आग्रह गर्दछौ ।
सुरेशकुमार यादव
महासचिव

No comments:
Post a Comment