Pages

Tuesday, June 18, 2013

'आयल अषाढ घेरि लिए बदरा'


'आयल अषाढ घेरि लिए बदरा' अर्थात् मैथिली लोकगीतमा भनिएको छ असार महिना आएकाले चारैतिरबाट बादलले घेरिसक्यो । २०६२ असार ६ गते विराटनगरमा मनसुनले पानी पर्दा त्यसले जनजीवनमा पारेको प्रभावबारे नेपाल वातावरण पत्रकार समूहका लागि पत्रकार हस्त गुरुङले एउटा रोचक 'दृश्य रिपोर्ट' तयार गरेका थिए । त्योभन्दा पहिला पूर्वी सहर विराटनगरमा वैशाखको मध्यदेखि गर्मी बढेको

थियो । जनजीवन गर्मीले उकुसमुकुस भइरहेको थियो । पूर्वी नेपालबाट मनसुन प्रवेश गरेपछि भ्यागुताले स्वागतमा नाचगान गरेको सन्दर्भसहित पूर्वी र पश्चिमी नेपालमा बढेको गर्मीका कारण मनसुनको प्रतीक्षा गरिएको थियो । उक्त रिपोर्टिङमा सहभागी पत्रकार मोहन मैनाली यसपालिको असार ६ मा त्यहीँ थिए । उनी ६ वर्ष पहिलाको र अहिलेको अन्तरलाई सम्भि“mदै भन्छन्, 'यसपालि सुरुदेखि नै पानी परिरह्यो । त्यसैले कतिखेर मनसुन आयो, त्यो धेरैले चालै पाएनन् ।'

यस वर्ष १५ असारमा पानीविज्ञ अजय दीक्षित पश्चिम तराईस्थित कपिलवस्तुको पश्चिमी गाउँ शिवगढीमा थिए । उनी मनकामना सहकारीको भवन निर्माणका लागि परालको ८ किलोको २ फिट लामो, एक फिट चौडा, नौ इन्च मोटाइ भएको इँट अर्थात् 'स्ट्रबेल' प्रयोग गर्ने प्राविधिक सहयोगको सिलसिलामा उपस्थित थिए । यसपालिको वषर्ाको प्रवृत्तिलाई सम्भ“mदै भन्छन्, 'पानी एउटा निश्चित डिग्रीमा तेर्सिएर आइरहेको थियो जसले बराम्दाभित्र पनि पानी छिरिरहेको

थियो । यसले हामीलाई बराम्दाको डिजाइनबारे सोच्न प्रेरित गर्‍यो । पानीसँगै पूर्वबाट जोडले हावा चलिरहेको थियो ।' 

पानीको साथसाथै हावाहुरी चल्ने, कुनै निश्चित ठाउँमा मात्र पानी पर्ने स्थिति यसपालि देखियो । मनसुनअघि र बीचको भिन्नता नहुँदा जनसाधारणले मनसुन कहिले भित्रियो छुट्याउनै सकेनन् । मौसममा परिवर्तन भइराखेकाले यस्तो भएको भन्ने सहमतिमा प्रायः सबै मौसमविज्ञ पुगेका छन् । मौसमविज्ञ ङमिन्द्र दाहालका अनुसार पछिल्ला दुई दशकको वषर्ाको चरित्र विश्लेषण गर्दा मनसुनको उदय, विस्तार र अन्त हुने सामान्य तालिकामै परिवर्तन आइसकेको त होइन भन्ने प्रश्न उब्जिएको छ । मनसुनको चरित्रबारे पर्याप्त अध्ययन अनुसन्धान हुन सकिरहेको छैन । पछिल्ला एक दशकको तथ्यांक हेर्ने हो भने सरदरभन्दा थोरै र कुसमयमा पानी पर्ने गरेको छ । कतिपय पहाडी क्षेत्रमा सुख्खा भइरहँदा तराईमा बाढीले जनजीवन अस्तव्यस्त बनाएको छ ।

२०६३ भदौको पहिलो साता मध्यपश्चिम तराईको बाँके, बर्दियालाई सुख्खाग्रस्त जिल्ला घोषणा गर्न कृषि तथा सहकारी मन्त्रालयका प्राविधिक टोली नेपालगन्ज आइपुगेकै दिनदेखि त्यस क्षेत्रमा भीषण वषर्ा सुरु भयो । कहिले खडेरी, कहिले बाढी दुवैको मारमा सर्वसाधारण परे । यस्तो किन भयो ? २०-२५ दिन लगाएर आउनुपर्ने पानी २/३ दिनमा आएर यो विघ्न क्षति भएको

थियो । यस वर्षचाहिं सुरुदेखि नै पानी परिरह्यो । समाचारहरूअनुसार १५ असारमा मध्यपश्चिममा १५ प्रतिशत रोपाइँ, पश्चिम तराईमा २५ प्रतिशत र पूर्वाञ्चलमा रोपाइँ ढिलो भएको खबर थियो । यस खबरले पनि केही कुरा तेस्र्याउँछ, त्यो भनेको समयमै वषर्ा भइरहेको भए तापनि त्यसले रोपाइँलाई टुङ्ग्याउनमा मद्दत गरेको छैन । यस्तै स्थिति रह्यो भने श्रावणको पहिलो सातासम्म रोपाइँ चालु रहने स्थिति रहन्छ । धानबाली विशेषज्ञ भोलामानसिंह बस्नेतका अनुसार यस वर्ष धान राम्रो हुने सम्भावना छ । उनको बुझाइमा अहिलेसम्म वषर्ा अनुकूल छ । तर उनी धान फुल्ने बेलामा वषर्ा अनुकूल भएन भने अहिले मौसमले साथ दिए पनि धानबाली राम्रो नहुन सक्छ ।

धान उत्पादन बढ्यो भने पनि यसमा सरकारको कुनै भूमिका हुँदैन । त्यो भोजपुरी लोकगीतमा भनिए जस्तै 'हाली हुली बरसु इनर देवता' अर्थात् हे इन्द्र भगवान् चाँडै पानी बर्साउनुस् । भगवान् इन्द्रको आशीर्वाद नै हो किनभने न सरकारले सहुलियतमा बीउ दियो, न त मल वा कीटनाशक औषधि नै । असार १५ लाई सरकारले 'धान दिवस' घोषणा गरेर जनताको मुटु छाम्ने काम त गर्‍यो तर यसप्रति आफ्नो दायित्व निर्वाह गर्न भने किञ्चित लागिपरेन । धान त्यसै फल्दैन, किसानले बिउ छनोटदेखि हिलोसँग मितेरी लाएर काम गर्नुपर्ने हुन्छ । यसै दिवसको छेउछाउमा तराईका पेट्रोलपम्पहरू बन्द थिए जसले गर्दा किसानले डिजल नपाएर खेतमा ट्याक्टर चलाउन पाएनन् । अबका दिनमा मौसमी वषर्ा कहाँ, कस्तो हुनेछ र बाढी र सुख्खाले कति नोक्सान गर्नेछ त्यसैमा धानको उत्पादन भर पर्छ । मौसमले साथ दियो भने मात्र किसान र समाजले राहत पाउँछन् । नेपालको प्रमुख कृषि उत्पादन धानको खेती मौसमी वषर्ामा निर्भर हुने अवस्थाले सिंचाइमा भएको लगानीको सार्थकतामाथि प्रश्न उब्जिएको छ । सन् १९९८ यताका नौ वर्षमा कृषिमा रु. २२ अर्ब ५५ करोड खर्च गरेको सरकारले कृषिका लागि सिंचाइमा २६ अर्ब ९६ करोड खर्चेको थियो । तर पनि धानखेती भने इन्द्रदेवको अनुकम्पामा जोगिनुपर्ने अवस्था छ ।

समाजशास्त्री डा. गणेश गुरुङ पानी पर्ने चरित्रमा देखिएको फरकपनको असर बढी निम्नस्तरका कृषक र ग्रामीण भेकका बासिन्दाहरूलाई पर्न थालेको बताउँछन् । त्यो भनेको कम समयमा बढी पानी पर्ने वा धेरै दिनमा थोरै पानी पर्ने, पानीका साथ आँधीहुरी पनि आउने र त्यसले गर्ने जनधनको क्षति

हो । त्यस्तै वातावरण मन्त्रालयका बटुकृष्ण उप्रेतीका शब्दमा सिमसिमे झरीले बालीनालीलाई फाइदा पुर्‍याउनुका साथै भूमिगत जलभण्डार भर्न ठूलो भूमिका निर्वाह गर्छ । मुसलधारे वषर्ाले कृषिबाली र पानी आपूर्तिमा प्रतिकूल प्रभाव पार्नुका साथै बाढी डुबानको समस्या उत्पन्न गर्छ । घनघोर वषर्ाले कुनै ठाउँको सानो क्षेत्रमा ज्यादै बढी र वरिपरिको ठूलो क्षेत्रमा कम पानी पर्नु वा पानी नै नपरी सुख्खा बनाइदिन्छ ।

पानी पर्ने प्रवृत्तिमा देखिएको परिवर्तनबाट सबभन्दा बढी आम मानिसहरू पीडित भएका छन् । तराईका नगरोन्मुख बस्ती वा सहरहरूमा ढलको समस्या, पानीको निकासको कमी, सडकहरू होचो बन्दै जाने जस्ता समस्या उजागर भएका

छन् । गाउँघरको स्थिति भने बाहिर आउँदैन । समस्या साधनस्रोतको अभाव मात्रै नभई स्थानीय प्रशासनले बाढीको प्रकोपलाई सामान्य आँक्नुको परिणाम पनि हो । बाढी व्यवस्थापन, तटबन्ध निर्माणजस्ता हंगामादार खबरहरू असार, साउनतिर खुब सुनिन्छ तर गाउँमा बाढी छिरेपछि वा नदी कटान भएपछि के अवस्था बेहोर्नुपर्छ त्यो भुक्तभोगीहरू नै अनुभव गर्छन् । ठूलो संख्या र परिणाममा बाढीले क्षति नपुर्‍याएसम्म राहतको पनि कुरा हुँदैन । कमजोरहरूका सरोकार राजनीतिक एजेन्डा बन्दैन ।

वषर्ात्ले गाउँघरतिर खेती किसानीमा मात्र होइन, आवतजावत, स्वास्थ्योपचार, खरिदबिक्री, विद्यालयमा पढाइ तथा जिल्ला सदरमुकामसँगको सम्पर्क सबैतिर हस्तक्षेप गर्छ । स्थानीय सञ्चारमाध्यममा यी कुराले प्राथमिकता पाउन सकिरहेको छैन । त्यसैले पानी जहाँ धान खेतीका लागि आवश्यक छ त्यसबारे चिन्ता गर्नु जरुरी छ, त्यतिकै बढी पानी र कम पानी पर्ने अवस्थामा गर्नुपर्ने व्यवस्थापनबारे पनि सोच्न जरुरी छ । डा. तीर्थबहादुर श्रेष्ठ इजरायलमा १ लिटर पानीमा कति किलोग्राम धान हुने सोचाइ हुन्छ भने हामीकहाँ कति जग्गामा कति धान फल्ने भन्ने सोच्ने चलन रहेको बताउँछन् । उनको भनाइले अब कम पानीमा बढी धान वा बढी पानीमा समेत बढी धान फलाउनेतिर आवश्यक गृहकार्य गर्न प्रेरित गर्छ । किसानहरूलाई आवश्यक सूचना

दिनुपर्छ । त्यो भनेको कस्तो अवस्थामा के गर्ने ? जलाधार क्षेत्रको मौसमी गतिविधिको निरन्तर अनुगमन गर्न र स्थानीय बासिन्दालाई पनि समयमै सूचना दिनसके बाढीबाट हुन सक्ने क्षति कम गर्न सजिलो हुन्छ ।

मौसममा भइराखेको परिवर्तनलाई मसिनो तरिकाले केलाउन जरुरी छ । यसले उत्पादन र व्यवस्थापन मात्र होइन, जीवन प्रणालीमै असर देखाउन थालेको छ । त्यसैले मनसुनको वषर्ालाई धान खेतीसँग मात्र जोडेर हेर्नु हुन्न, मनसुन र त्यसअघिको वषर्ाको स्थिति र त्यसले पार्ने प्रभावका बारेमा पनि बहुआयामिक विमर्श हुनुपर्छ । विज्ञहरूका अवलोकनलाई आम मानिसका अनुभवसँग जोडेर दृष्टिकोण बनाउँदा पानी पर्दा वा नपर्दाको अवस्थाको व्यवस्थापन हुन सक्छ । मनसुन ठीक भएमा एउटी मैथिली नायिकाको अन्तरमनमा यसरी उठेका भावलहरहरू पूर्ण हुन सक्छन् । 'असार हे सखी १ रिमझिम बुँद पडे चहुदिसी बरिसत मेघ हे/धान रोपित हँु, सुख करित हुँ, रहित हुँ अपन गेह हे' अर्थात् असारको महिना छ, रिमझिम रिमझिम वषर्ा भइरहेको छ, चारैतिर/यस्तो बेलामा धानको रोपाइँ गर्ने थिएँ, सुखसयल गर्ने थिएँ र आफ्ना घरमा बस्ने थिएँ ।
kantipur

No comments:

Post a Comment