Pages

Thursday, June 13, 2013

निर्वाचन क्षेत्रको पुनःनिर्धारण समितिको गठनका वारे गुप्ताको असहमति


सरकारले अन्तरिम संविधानमा अपेक्षित संशोधन नगरी आज जेठ ३० गतेका दिन निर्वाचन क्षेत्र पुनःनिर्धारण समिति बनाएर अक्षम्य गलती गरेको छ । यस गलतीमा चार पक्षीय राजनीतिक संयन्त्रको पूर्ण भागिदारी रहेको छ ।

चार पक्षीय संयन्त्र र वर्तमान सरकार शुरुदेखि नै निर्वाचन क्षेत्रको पुनःनिर्धारण नगरी चुनाव गराउने मनशाय बनाएको थियो । मैले सर्वोच्च अदालतमा रीट दर्ता गराएको र सो रीटमा निर्वाचन क्षेत्र पुनःनिर्धारण नगरी चुनावको तिथी नतोक्न सर्वोच्च अदालतको आदेश भएपछि यो समिति बनाउन सरकार बाध्य भयो । तर, बढेको जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको बृद्धि नगर्न सरकारले अहिले आफ्नै नागरिकका बिरुद्ध ठूलो चालबाजी गरेको छ ।

निर्वाचन क्षेत्रको पुनःनिर्धारण गर्नुको सम्बैधानिक औचित्य नै मुलुकमा, वा मुलुकको कुनै भागमा यदि जनसंख्या बढेको छ भने बढेको जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको बृद्धि हुनु पर्दछ । विश्वभर यही मान्यता रहेको छ । तर, अब नेपालमा यसो हुन सक्दैन ।

वर्तमान अन्तरिम संविधानको व्यवस्था अनुसार वि।सं। २०५६ सालमा कायम रहेको २०५ निर्वाचन क्षेत्र यथारुप कायम नै रहने छन् । वि।सं। २०६४ सालमा थप भएको ३५ निर्वाचन क्षेत्र रहेका जिल्लाहरूमा मात्र बढेको जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको थपघट हुन सक्ने बेइमान व्यवस्था रहेको छ । यस त्रृटीलाई सच्याउन अन्तरिम संविधानमा संशोधन गरिएन । अब यस सम्बैधानिक व्यवस्थाको विद्यमानताको स्थितिमा मधेसका जिल्लाहरूको जनसंख्या उल्लेख्य रूपमा बढेपनि सो रूपमा निर्वाचन क्षेत्रको बृद्धि हुन सक्दैन । यो चालवाजीको गलत परिणामलाई मधेसी जनताले मान्न सक्दैनन् । यस्तो गलत निर्णयलाई स्वीकार गरेर मधेसी मोर्चाले मधेसको प्रतिनिधित्व गर्नबाट आफुलाई अयोग्य सावित गरेको छ ।

अब यदि यसमा सुधार गरिएन र यही आधारमा निर्वाचन क्षेत्रको निर्धारण भई चुनाव भएमा यस चुनावमा मधेसी समुदायको स्वामित्व रहदैन । यस्तो निर्वाचन एक निर्रथक अभ्यास बाहेक अरु केही हुने छैन ।

जयप्रकाश गुप्ता

संयोजक

तराई मधेस राष्ट्रिय अभियान

मिति जेठ ३० गते, २०७० साल

No comments:

Post a Comment